२० मंसिर २०८२, शनिबार | December 6, 2025

दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने



बुटवल । नेपाल हाप्किडो संघको आयोजनामा लुम्बिनी प्रदेशको ऐतिहासिक शहर बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२” आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाईएको छ ।आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ ।

नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो ।

प्रतियोगितामा फाइटिङ (Sparring), सेल्फ-डिफेन्स (Self Defense / Demonstration) तथा हाई फल / लङ फल (High Fall / Long Fall) जस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालि बहादुर मगरले बताए । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको बताएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धु्रव आचार्यद्वारा गरिने कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिए ।

अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यको लागी अनुरोध गरेका छन् । प्रतियोगीता देविनगरस्थित नविन औद्योगिक मा.विको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ३२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय