१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने



बुटवल । नेपाल हाप्किडो संघको आयोजनामा लुम्बिनी प्रदेशको ऐतिहासिक शहर बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२” आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाईएको छ ।आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ ।

नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो ।

प्रतियोगितामा फाइटिङ (Sparring), सेल्फ-डिफेन्स (Self Defense / Demonstration) तथा हाई फल / लङ फल (High Fall / Long Fall) जस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालि बहादुर मगरले बताए । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको बताएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धु्रव आचार्यद्वारा गरिने कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिए ।

अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यको लागी अनुरोध गरेका छन् । प्रतियोगीता देविनगरस्थित नविन औद्योगिक मा.विको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ३२ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक