१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते



बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वखोला-५ वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पा बगनासकाली – १ गाप्टुङ घर भई हाल बुटवल उप(महानगरपालीका वडा नं. ११ मझुवा बस्ने सवारी धनी बर्ष अन्दाजी ४६ को बिनोद ढुङ्गाना र नामथर वतन नखुलेको बर्ष अन्दाजी ४०/४५ को पुरुष रहेका छन् । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको र सनाखत नभएको अर्का घाइतेलाई मिसन अस्पताल पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अण्डा लोड गरेको सो गाडि अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खस्न जाँदा २ जनाको मृत्यु भएको र चालक रुपन्देही बुटवल उप(महानगरपालीका वडा नं। ११ का ३० वर्षिय राजु खड्का घाइते भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए । घाइते खड्काको अवस्था गम्भीर रहेको उनले बताए ।

सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ४५ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको