३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं । दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । खल्ती र आइएमई पे आपसमा गाभिनका लागि नियामक नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो।

नेपालको डिजिटल भुक्तानी कारोबार क्षेत्रमा दुई प्रतिस्पर्धीबीच पहिलो पटक एकीकरण हुन लागेको हो। दुबै वालेट आपसमा गाभिए पछि, ग्राहक संख्या, कारोबार आकार, वितरण केन्द्र संख्या, पूँजी र जनशक्ति सबै हिसाबले सबैभन्दा ठूलो डिजिटल वालेट कम्पनीमा रूपान्तरण हुनेछन् ।

एकीकृत कारोबार पछि डिजिटल वालेट कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ। यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। एप्सको नाम भने खल्ती कायम हुनेछ।

अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीब्र रूपमा चल्ने कम्पनीले उल्लेख गरेको छ।

दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि यो समयभित्र मर्जरपछि चल्ने खल्ती एपमै देखिन्छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५३ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै