२५ चैत्र २०८२, बुधबार | April 8, 2026

पहिरोले अरनिको राजमार्ग बन्द



सिन्धुपाल्चाक । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ ।

पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उनले बताए ।

यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ५४ बजे

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली । जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा,

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको