१ पुस २०८२, मंगलबार | December 17, 2025

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन



वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा रु सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा रु आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको बताए ।

कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो शीर्षकमा लक्ष्यको एक सय ४२ दशमलव २८ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व संकलन गरेको छ ।

त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ रु दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने रु २५ करोड १० लाख आठ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो अवधिमा रु एक अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा रु आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ०१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष