८ पुस २०८२, मंगलबार | December 24, 2025

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्वारा खुसी व्यक्त



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् ।

ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन्।

‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन, ‘११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’

उनको यो अभिव्यक्तिसँगै दैलेखको भूमिगत ग्यासबाट नेपाल ऊर्जा–स्वावलम्बनको दिशामा अघि बढ्न सक्ने सन्देश दिएको छ।

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ विशेषज्ञ टोलीसहितको सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो। तर त्यसलाई तत्कालीन सरकारका आलोचकहरूले ‘अवास्तविक सपना’ भन्दै प्रश्न गरेका थिए।

हालै सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख क्षेत्रमा ठुलो मात्रामा प्राकृतिक ग्याँस भएको पुष्टि भएको छ । विज्ञहरूले यसमा अझै विस्तृत परीक्षण आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना