१ पुस २०८२, मंगलबार | December 16, 2025

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलागयतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन्,  ‘ढुंण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’

उनले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुंण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, र प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरे ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष