६ बैशाख २०८३, आइतबार | April 19, 2026

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा स्थानीयवासीले थप रु १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न गरेका हुन् ।

उपभोक्ता समितिका सचिव हरिप्रसाद तिलिजाले पुरानो स्टेजलाई पुनर्निर्माण गर्नुका साथै खेलमैदान ढलान, बास्केटबलको फाइबर बोर्ड जडान, प्रवेशद्वार मर्मत सकिएको र प्यारापिट प्लास्टरको तयारी भएको जानकारी दिए ।

“रु तीन लाख बजेटले योजना अधुरो हुने भएपछि बेलायत, हङकङलगायत देशमा रहेका पाउद्धारवासीलाई सहयोगको अनुरोध गरेका थियौँ”, उनले भने, “विदेशमा रहेका पूर्वविद्यार्थीले आफूले पढेको विद्यालय र जन्मथलो सम्झिएर मन खोलेर सहयोग तथा गाउँमा भएकाले श्रमदान गरेपछि खेलमैदान बनाउन पनि सफल भएका हौँ ।”

सठ्ठाइस मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की बनाउनुका साथै बास्केटबलको फाइबर बोर्ड राखिएको छ । पाउद्धारको तीन वटा टोलका १३५ घरपरिवारले एकरएक दिनका दरले श्रमदान गरेका थिए ।

खेलमैदानको कुनातर्फ रहेको ३० मिटर लामो प्यारापिट पलास्टर गर्न सिमेन्ट र बालुवा ढुवानी गरिएको छ । गाउँपालिकाबाहेक रु १६ लाख सहयोग जुटेको सचिव तिलिजाले बताए । पाउद्धार मावि परिसरको स्टेजमा विद्यालयको भवन नभएको अवस्थामा ४० वर्षअघि खरीले पाटीमा लेखेर पढाउने गरिएको थियो ।

स्टेज र खेलमैदान निर्माण भएपछि औपचारिक कार्यक्रम सञ्चालनका साथै खेलअभ्यास गर्न सहज भएको पाउद्धार माविका प्रअ हेमन्त तिलिजा पुनले बताए । ३५ वर्षअघि म्याग्दी जिल्लामै पहिलोपटक ढलान गरिएको पाउद्धार माविको खेलमैदान पछिल्लो समय जीर्ण बनेको थियो । उक्त खेलमैदानमा पाउद्धारका प्रौढ, बालबालिका र किशोर किशोरीहरू हरेक साँझ समूह बनाएर भलिबल र बास्केटबल खेल अभ्यास गर्छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : २० बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग