६ श्रावण २०८३, बुधबार | July 23, 2026

होटल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल



बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् ।

यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्‌घाटन गरेका थिए । सोही अवसरमा बोल्दै उनले बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ५१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क