१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

जसपा नेपालले ओली सरकारलाई दिएको समर्थन पुनर्विचार गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्नेभएकोछ ।

असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो । पार्टीको कार्यकारिणीले गरेको निर्णयलाई संसदीय दलले सामान्यतया स्वीकार गर्नेगर्छ ।

‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको निस्कर्ष निकाल्दै जसपाले सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देश गरेको हो ।

बैठकले केन्द्रीय समितिमा पाँच जनालाई मनोनीत गरेको छ । विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै जिम्मेवारी दिइएको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए। शशिकपुर मियां (पर्सा), करिमा वेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरूङ (रूपन्देही) र निलम यादव )रूपन्देही)केन्द्रीय समितिमा मनोनीत गरिएका हुन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५१ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र