काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्नेभएकोछ ।
असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो । पार्टीको कार्यकारिणीले गरेको निर्णयलाई संसदीय दलले सामान्यतया स्वीकार गर्नेगर्छ ।
‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको निस्कर्ष निकाल्दै जसपाले सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देश गरेको हो ।
बैठकले केन्द्रीय समितिमा पाँच जनालाई मनोनीत गरेको छ । विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै जिम्मेवारी दिइएको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए। शशिकपुर मियां (पर्सा), करिमा वेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरूङ (रूपन्देही) र निलम यादव )रूपन्देही)केन्द्रीय समितिमा मनोनीत गरिएका हुन् ।



















प्रतिक्रिया