११ भदौ २०८३, बिहिबार | August 27, 2026

पुष २३भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष २३ गतेभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन पार्टी कमिटीहरुलाई दिएको छ ।

जसपा नेपालले पुष १६ गते परिपत्र जारी गर्दै तोकिएको समयसीमाभित्र पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको हो । निर्देशनमा पार्टी विधानको धारा ११७ को उपधारा (३) अनुसार उम्मेदवार सम्बन्धी मापदण्ड तथा योग्यता पूरा गर्ने योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार छनोट गरी नामावली पठाउन भनिएको छ ।

परिपत्रअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनुपर्ने छ । सिफारिस गरिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि तथा पार्टीमा पुर्‍याएको योगदानसमेत स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिइएको छ।

उम्मेदवारहरूको अन्तिम टुंगो संघीय संसदीय बोर्डले लगाउनेछ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : १० बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ