४ पुस २०८२, शुक्रबार | December 20, 2025

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु



काठमाडौं । नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।

आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

कोरोना महामारीपछि संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो केश हो । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्थ्यय मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २-२ जना छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको