४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको हो ।

दुवै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुभएको उक्त बैठकमा वामपन्थी शक्तिबीच ध्रुवीकरण, बजेट समीक्षा, राजनीतिक घटनाक्रम, संसदीय गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल सहभागी थिए ।

पछिल्लो समय कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय राजनीतिक अवस्था, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव, भिजिट भिसा प्रकरण, सरकारको कार्यशैलीबारे छलफल गरिएको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनाका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना, सैद्धान्तिक आधार, प्रक्रियागत विषयमा समीक्षा गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको