काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दाबी गरेका डा मुकुल ढकालको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालको रिटमा बिहीबार सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको छ।
ढकालले रास्वपाको महामन्त्री आफै भएको दाबी गर्दै रिट दायर गरेका थिए । गत साता निर्वाचन आयोगले ढकाल रास्वपाको महामन्त्रीमा कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो। यद्यपी रास्वपाले गत वर्ष नै ढकाललाई २०८१ भदौमा बसेको सचिवालय बैठकले महामन्त्रीबाट निस्काशन गरेको भन्दै विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो ।
अब सर्वोच्चमा ढकाल पक्ष र रास्वपाको संस्थापन पक्षले ढकाललको मागअनुसार महामन्त्री हुन या होइनन् भन्ने बारे छलफल हुनेछ ।


















प्रतिक्रिया