१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपाल-चीन संस्कृतिको विषयमा बुटवलमा मन्थन



बुटवल । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सह-आयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए । चीनले ४० वर्षको अवधिमा अतुलनीय देश विकास गरेको भन्दै वक्ताहरुले नेपालले पनि त्यसबाट सिकाई गर्दै लाभ लिनुपर्नेमा जोड दिए । सांस्कृतिक पर्यटनबाट दुई देशलाई जोड्न सम्भव रहेकाले त्यसका लागि एकअर्काको भाषा संस्कृति र कलाको विषयमा ज्ञान हुनुपर्ने वक्ताहरुले बताए ।

कार्यक्रममा बोल्दै वर्ल्ड कन्फ्युसियसका अध्यक्ष छन् जीन युनले पूर्विय दर्शनको प्रादुभाव गर्दै चीनले चार दशकमा अभूतपूर्व विकास गरेको बताए । उनले चीनले छिमेकी मुलुक नेपालसंग भाषा र संस्कृति आदानप्रदान गरी आर्थिक विकासमा टेवा पुर्याउन विभिन्न कार्यहरु गर्दै आइरहेको बताए । भाषाको सिकाईबाट हरेक क्षेत्रमा अवसरहरु सिर्जना हुने उनले बताए ।

त्यस्तै वर्ल्ड कन्फ्युसियसका उपाध्यक्ष ह हुईछिन र महासचिव तङ्ग होङ्ग मईले भाषा र शिक्षामार्फत पूर्विया संस्कृतिको विषयमा नयाँ पुस्तालाई ज्ञान दिनुपर्ने बताए ।

जीवराज आश्रित फाउन्डेसनका अध्यक्ष डा. सागर न्यौपानेले बौद्ध दर्शनले नेपाल र चीनलाई मजबुद रुपमा जोडेको बताउँदै यस दर्शनको अध्ययन र अनुसन्धान पनि संगसंगै लैजानुपर्ने बताए । चीनले प्राप्त गरेको उपलब्धीको अनुशरण गर्दै नेपालमा पनि उत्पादनमा जोड दिनुपर्ने बताए । चिनियाँ संस्कृति विशाल रहेको भन्दै भाषा र संस्कृतिको माध्यमबाट नेपालले लाभ लिन सक्ने बताए । उनले चिनिया भाषा सिकाईले उच्च शिक्षाका लागि चिनमा ठूलो अवसर रहेको समेत बताए ।

न्यू होराईजनका प्राचार्य लोकनाथ उपाध्यायले चीनको विकास मोडलबाट नेपालले धेरै विषय अनुसरण गर्नुपर्ने बताए ।

लुम्बिनी वाङ्गमय प्रतिष्ठान लुम्बिनीका अध्यक्ष ऋषि आजादले नेपाल र चीनको सम्बन्ध बलियो हुँदा देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक दयानिधि गौतमले चीन र नेपालबीचको दार्शनिक सम्बन्धको विषयमा चर्चा गरे ।

कार्यक्रममा जीवराज आश्रितका महासचिव बलबहादुर आचार्य, दीप बोर्डिङ्का प्राचार्य टिकाराम न्यौपाने, लेखक रामचन्द्र श्रेष्ठ, डिलाराम खनाल लगायतले बोल्दै चीन नेपाल संस्कृतिको विषयमा चर्चा गरे ।

जीवराज आश्रित फाउण्डेसनले आयोजना गरेको पूर्विय सभ्यताको परिचर्चा कार्यक्रममा विभिन्न लेखक कलाकार राजनीतिज्ञ प्राध्यापक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ४२ बजे

संविधान संशोधनको तयारी तीव्र, कार्यदलद्वारा कानुनविद्सँग परामर्श

काठमाडौं । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको

संसद् स्थगित गरेको सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं । संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर सरकारले

मुस्ताङमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा टीयू परिसरमा मार्चपास 

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी