२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल लेडी जेसीज सप्ताह सम्पन्न



बुटवल । बुटवल लेडी जेसीजले रुपन्देहीको बुटवलमा संचालन गरेको जेसीज सप्ताह शनिबार सकिएको छ । गत शनिबारदेखि विभिन्न सचेतनात्मक कार्यक्रमका साथमा संचालन गरेको जेसीज सप्ताहको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समापन गरेका हुन ।

जेसीज सप्ताहको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले महिला नेतृत्व र विकासकालागि जेसीजले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । बुटवल लेडी जेसीजका अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. कृष्ण खरेल, बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपाने, लेडी जेसीजका पुर्व अध्यक्ष बालकुमारी भण्डारी, राधिका पोखरेल, कार्यक्रम संयोजक रुपा श्रेष्ठ पाठक, समापन कार्यक्रम संयोजक विनु रिजाललगायतले महिलाको नेतृत्व र क्षमता विकासमा जोड दिनुपर्ने बताए ।

सोही अवसरमा शनिबार नै लेडी जेसीजले झण्डै दुई सय जनाको सहभागितामा अटिजम समस्या र समाधान विषयक अभिमुखिकरण कार्यक्रम गरिएको महासचिव वेदना पाण्डेले बताए । देवदह मेडिकल कलेजका प्रोफेशन डाक्टर शान्ता शर्माले सहजिकरण गरेको कार्यक्रममा अटिजमको समस्या, सहि हेरचाह, सुधारका प्रयास र उपायका बारेमा छलफल गरिएको कार्यक्रम संयोजक मन्जु थापाले जानकारी दिइन ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : २७ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४