२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘मानो खाएर मुरी उब्जाउने’ दिन – तस्वीरमा धान रोपाईं



काठमाडौं । आज नेपालमा राष्ट्रिय धान दिवस मनाइँदै छ। ‘मानो खाएर मुरी उब्जाउने’  दिनको रूपमा परिचित यो दिवसले नेपालको कृषि संस्कृति र धान खेतीको महत्वलाई उजागर गरेको छ। कृषिप्रधान देश नेपालमा धान रोपाइँ केवल कृषि कार्य मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ।

देशभरका विभिन्न स्थानहरूमा किसानहरू हिलोमा रमाउँदै, हाँस्दै-खेल्दै धान रोप्ने कार्यमा सहभागी भएका छन्।

काठमाडौंदेखि तराईका फाँटहरू, पहाडका साँघुरा खेतहरूसम्म यो उत्सवले रौनकता थपेको छ। कृषिमन्त्री रामनाथ अधिकारीले पनि धान रोपाईंको फोटो सुट गरेका छन् ।

धान रोपाइँका क्रममा परम्परागत गीतहरू गाइने, हिलोसँग खेल्ने र सामूहिक रूपमा काम गर्ने परम्पराले सामाजिक एकताको सन्देश पनि बोकेको छ।

यो अवसरमा सरकारले पनि विभिन्न कार्यक्रममार्फत धान उत्पादन वृद्धि र किसानको हौसला बढाउन पहल गरेको छ। कृषि मन्त्रालयले आधुनिक प्रविधि र उन्नत बीउको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। यद्यपी किसानले समयमा बीउ मल नपाउने अवस्थालाई भने सरकारले समाधान गर्न सकेको छैन ।

राष्ट्रिय धान दिवसले नेपालको कृषि अर्थतन्त्रको आधारस्तम्भलाई सम्मान गर्नुका साथै हाम्रो सांस्कृतिक पहिचानलाई पनि जीवन्त राख्छ। यी तस्वीरहरूले नेपाली किसानको मेहनत, एकता र उत्सवको भावनालाई सुन्दर ढंगले व्याख्या गर्छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ५३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका