१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देहीमा विश्व खेलकुद पत्रकार दिवस, खेलाडी र प्रशिक्षकलाई सम्मान

अधिकारी नेतृत्वमा मञ्चको नया नेतृत्व चयन



बुटवल । नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित जिल्ला ्भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यिय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

भेलाबाट अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् भने सदस्यहरुमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेपाल पत्रकार महांघका सल्लाहाकार खिमानन्द भट्टराईले बताए ।

सोहि कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिवलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको थियो भने खेल पत्रकार मनोरञ्जन शर्मालाई रु. २५ हजार नगद सहयोग प्रदान गरेको थियो । कार्यक्रमको एक समारोहका बीच नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतीकला गुरुङले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडी बढाउन आग्रह गरे । उनले विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा पनि जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, सम्मानित नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले खेलकुद पत्रकारिताको फस्ट्याउनका लागि खेल गतिविधिहरु नियमित हुनु पर्ने बताउदै त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेल्न आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : ०२ बजे

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल