६ बैशाख २०८१, बिहिबार | April 18, 2024

विश्व खेलकुद पत्रकार दिवसमा बुटवलमा शुभकामना आदानप्रदान



बुटवल । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर रुपन्देहीका खेलकुद पत्रकारहरु शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि मनाएका छन। कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुद जिवनको एउटा महत्त्वपूर्ण पाटो भएको बताए। खेलकुद कानुन बनाउने देशमै बुटवल पहिलो पालिका भएको उनले बताए ।

यसैगरि प्रशिक्षक, खेलाडी सुचिकृत गर्ने, तालिमहरु ब्यवस्थापन, नगरमा आयोजना गरिने प्रतियोगिताहरुको एकरुपता ल्याउन निति बनाएर अघि बढाएको भन्दै उनले सकारात्मक विचार र चिन्तनबाट अघि बढ्न सके विकासमा टेवा मिल्ने बताए।

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारीले खेलकुद विधामा कलम चलाउने पत्रकारहरुलाई एकतावद्ध गराई संस्थागत रुपमा अगाडि बढाएको बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले विश्व खेलकुदको आयोजना पर्वका रुपमा रहेको बताए । खेलकद क्षेत्रमा कुरा गरेजस्तै ब्यवहारिक रुपमा कार्यान्वयन पक्षमा जोड दिनुपर्ने सुझाव दिए । सरकारबाट क्षमतावान पत्रकार तयार गर्न भएका लगानीबारे सरोकारवाला बिच छलफल गराएर योजनावद्घ रुपमा लाग्नुपर्ने बताए ।

नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसीले खेलकुदसंग आवद्ध संस्थाहरुसंग समन्वय गरि तालिम र क्षमता विकासमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेश सरकारबाट खेलकदमा सम्भावना बोकेको रुपन्देहीमा लगानीमा कन्जुस्याइँ गरेको दुखेसो गरे।

पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, जिल्ला अध्यक्ष रामराज पोखरेल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, रुपन्देही लन टेनिस संघका सचिव ग‍ोपाल ज्ञवाली, रुपन्देही स्कुल तेक्वान्दो संघका अध्यक्ष राजकुमार पाण्डेले खेल र खेलाडीको विकासमा पत्रकार निरन्तर सहयोग हुनुपर्ने बताए ।

सन १९९४ जुलाई २ बाट विश्वभर खेल क्षेत्रमा आवद्ध पत्रकारहरुले विश्व खेलकुद पत्रकार दिवस मनाउन शुरु गरेका हुन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ३४ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी