९ श्रावण २०८३, शनिबार | July 25, 2026

मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण



म्याग्दी । रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको रघुगङ्गा–१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नं ५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण आज सम्पन्न भएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा पुनमगर समाज रघुगङ्गा एकाइले भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

पुनमगर समाज रघुगङ्गाकी अध्यक्ष टीका पुर्जा पुनले भाषा संरक्षण गरी बोलीचालीमा प्रयोगमा ल्याउने उद्देश्यले शिक्षक, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह र अगुवाहरूलाई प्रशिक्षण दिइएको जानकारी दिए । “पालिकाले रु पाँच लाख बजेट विनियोजन थियो । प्रशिक्षणमा ८५ जनालाई सहभागी गराउने लक्ष्य भए पनि दुई सयभन्दा बढी सहभागी हुनुभयो”, उनले भने, “हामीले बोलीचाली, साइनो लगाउँदा प्रयोग गर्ने शब्दहरू मगर भाषाकै रहेछन् भन्ने प्रशिक्षणमा सहभागी भएपछि थाहा पाइयो ।”

रोल्पाका इरझासी झाँत्री, राकेश बुढा, पुर्वीरुकुमका अमृत बुढा र धनप्रताप घर्तीमगर खाम भाषा सिकाउन आएका थिए । उनीहरूले खाम भाषाका साथै मगर पहिचान, संस्कार, संस्कृति, वेशभूषा, इतिहासलगायत विविध विषयमा प्रशिक्षण दिएको अध्यक्ष पुर्जाले बताए ।

नेपालका मगर खाम, ढुत र काइके भाषा बोल्छन् । म्याग्दीसहित १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायको भाषा खाम हो । मगर खाम भाषाको शब्दको पछाडि बाङ आउँछ । म्याग्दीमा धेरै बस्तीको नामको शब्दको पछाडि बाङ छ । नेपाल पुनमगर समाजका सचिव साजन पुनमगरले बाइसेचौबीसे राज्यका पालामा तत्कालीन राज्य सञ्चालकहरूले मगर खाम भाषा बोल्न प्रतिबन्ध लगाएका कारण लोप हुँदै गएको बताए ।

“मल्लकालमा राज्य सञ्चालकले मगर भाषा नबुझेपछि बोल्न प्रतिबन्ध लगाउने, जरिवाना तिराउने र जिब्रो काटिदिने गरेकाले लोप हुने अवस्थामा पुगेको हो”, उनले भने, “अहिलेको व्यवस्थामा सहज वातावरण भएपछि मगर समुदाय मौलिक भाषा संरक्षणमा जुटेका हौँ ।”

भाषा प्रशिक्षण कार्यक्रममा रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मगर समुदायको बाहुल्य बसोबास भएका विद्यालयमा मगर भाषाको स्थानीय पुस्तक पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । प्रशिक्षण पाएपछि दैनिक बोलीचालीमा मगर खाम भाषा प्रयोग गर्ने सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ९ : ५२ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को