२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलको सिद्देश्वर माविमा ४ जीपीए ल्याउने सुदिक्षासहित ४८ विद्यार्थीलाई सम्मानसहित नगरपरिक्रमा



बुटवल । रुपन्देहीको बुटवलमा अवस्थितत सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई शनिबार नगरपरिक्रमासहित सम्मान गरेको छ । विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा सुदिक्षा सुवेदीसहित ४८ जना विद्यार्थीलाई विद्यालयपरिसरबाट नगरका विभिन्न क्षेत्रमा बाजागाजासहित सम्मानसहित परिक्रमा गराइएको थियो ।

विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ४ जीपीएसहित १५ जना विद्यार्थीले उत्तिर्ण गर्न सफल भएका छन् भने ३३ जना विद्यार्थीले ए, बी प्लस र बी ग्रेडमा उत्तिर्ण हुन सफल भएको प्राचार्य दिनानाथ गिरीले जानकारी दिए । सो अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयका अध्यक्ष सागर न्यौपानेले अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीको कडा मेहनतले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । सिद्देश्वर मावि उत्कृष्ट गन्तव्य भएको दाबी गर्दै उनले कक्षा ११-१२ का लागि पनि उपयुक्त वातावरणमा शिक्षा प्रदान गर्न सक्षम रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ०१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी