१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्तारूढ गठबन्धनबाट आफूलाई अलग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
हालको राजनीतिक परिस्थिति र सरकारको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने निर्णय गरिएको हो। सुदुरपश्चिमका मुख्यमन्त्रीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको आरोप लगाउँदै सो पार्टीले सुदुरपश्चिम सरकारबाट समेत समर्थन फिर्ता गरिसकेको छ ।

‘आजको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ । अब हामी प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’, बैठकपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा नाउपाबाट अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।।

 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ०३ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी