२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बागलुङको रुम्टाखोलामा सम्झौता अघि पक्की पुल, बर्खामा रोकिएनन् सवारी



बागलुङ । आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो ।

पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।

जैमिनी नगरपालिका–९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारीसधान तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।

अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछि पुलबाट सवारीसाधन सञ्चालन गर्न÷गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर गोविन्दप्रसाद चौधरीले बताए । उनले वर्षामा सवारीसधान नोरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उहाँको भनाइ छ ।

“यो वर्षामा सवारीसाधन गुड्न थालिसकेका छन्, सामान्य काम बाँकी भएपनि खोला बढेकाले सवारीसधान सञ्चालन थालिएको हो । कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विसं २०६५ मा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी–९ पयैँु र १० राङ्खानीसँगै सिङ्गो बरेङ गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता थियो”, चौधरीले भने। यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी–९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उनको भनाइ छ ।

सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो । कुल रु आठ करोड एक लाख ५९ हजार ६०८ लागत अनुमान रहेकामा निर्माण कम्पनीले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माणको जिम्मा लिएको थियो ।

इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताए । उनले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गरे। “आफूले जिम्मा लिएको काम बेलैमा गरौँ भनेर तिव्रता दिएका थियौँँ”, उनले भने, “कामदारको सही परिचालन र निर्माण सामग्री समयमा उपलब्ध हुँदा काममा ढिलाइ भएन ।”

पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताए। पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारीसाधन गुडाउन समस्या नरहेको उनको भनाइ छ ।

रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजारौं नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । “निर्माण व्यवसायीको चरम ढिलासुस्ती खेपिरहेको जैमिनी नगरपालिकामा सूर्योदय कन्ट्रक्सनले सम्झौता अगावै पुल निर्माण गरेको हो”, उनले भने ।

उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा–राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : २६ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब