३० भदौ २०८३, मंगलबार | September 15, 2026

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण



नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज दिल्ली सिधा हवाई उडान सन्दर्भमा आज नेपालगन्जमा नीजि क्षेत्रका प्रतिनिधिहरुले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटन लगायतका क्षेत्र चलायमान हुने भएको तथा नेपालगन्ज विमानस्थलमा उडानका लागि पूर्वाधार निर्माण समेत भएकाले सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे ।

सो अवसरमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले अहिलेको सरकार विषेश परिस्थीतिमा निर्माण भएकाले चाहना हुँदाहुँदै पनि काम गर्न नसकिने स्पष्ट पारे । यही फागुन २१ को निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको अवधीका लागि मात्रै भएको जनाए ।

जेनजी प्रर्दशनका मुख्य माग सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने रहेको उल्लेख गर्दै उनले सोही कार्य सरकारको मुख्य प्राथमिकताको विषय भएको औल्याए । अर्थमन्त्री खनालले दीर्घकालका कामका लागि स्वाभाविक रुपमा प्रतिनिधिसभा आवश्यक रहेको बताए ।

“राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनका कामलाई प्राभावित गर्ने काम हामीबाट हुदैन” उनँले भने ।

नेपाल उद्योग बाणिज्य सङ्घका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । “तस्करीका कारण धेरै वस्तु नेपाल आइरहेको हुन्छ, त्यसको कुनै लेखाजोखा छैन” उनले भने ।

सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारण राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र समेत अर्थमन्त्री खनाललाई बुझाएको थियो । सो अवसरमा उद्योगी तथा व्यवसायीले जडीबुटी निकासीका समस्या देखि सुनचाँदीका समस्याका विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ३१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ