१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाँकेको नेपालगन्ज, डुडुवा र खजुरामा मोहर्रमको बिदा



नेपालगन्ज । इस्लाम धर्माबलम्बीहरुको महान पर्व मोहर्रम पर्वको अवसरमा नेपालगन्ज् उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले विदा दिएका छन् । भोलि आइतबार परेको मोहर्रम पर्वको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन बन्द रहने जानकारी दिएको छ । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले सूचना निकालेर सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको जनाउँदै पठनपाठन बन्द रहने जानकारी दिएका हुन् ।

यस्तै डुडुवामा पनि पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालय, मदरसा तथा मुस्लिम समुदायका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले सूचना प्रकाशित गर्दै मोहर्रम पर्वको अवसरमा सम्पूर्ण बिद्यालय बन्द रहनुका साथै पालिका अन्तर्गतका कार्यालयहरुमा मुस्लिम समुदायका कर्मचारीलाई बिदा दिइएको उल्लेख गरिएको छ । पालिका अध्यक्ष चौधरीले इस्लाम धर्माबलम्बीलाई शुभकामना समेत दिएका छन् ।

उता खजुरा गाउँपालिकाले २० गतेबाटै वर्षे बिदा घोषणा गरेका कारण मोहर्रम पर्वको बिदा सोही बिदा अन्तर्गत पर्न गएको जनाएको छ । अध्यक्ष डम्बर बिक तुफानले वर्षे बिदाकैबीच पर्व परेको जनाउँदै मुस्लिम समुदायलाई शुभकामना ब्यक्त गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ४६ बजे

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले