३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल उपमहानगरले सञ्चालन गरेकोे ५ वटा तालिमको एकसाथ समापन



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिम सम्पन्न भएका छन् । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत संचालन गरिएका विभिन्न तालिमहरु सम्पन्न भएका हुन् ।

तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरबाट तालिम पाएकाहरु कतै न कतै रोजगारीमा जोडिएको बताए । उनले उपमहानगरले तालिमहरुमा लगानी गर्दा प्रभावकारीतामा ध्यान दिने भएको उल्लेख गर्दै अहिले सीप सिकेका सबै रोजगारीमा जोडिएमा आगामी वर्षहरुमा थप तालिमहरु सञ्चालन गरिने बताए ।

नगरभित्रका स्थानीयलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले ५० भन्दा धेरै प्रकारका तालिमहरु गर्दै आईरहेको जानकारी गराउँदै उनले जनशक्ति उत्पादन र रोजगारीमा जोड्ने योजना अनुसार नै उपमहानगरले कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेबी अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले बिभिन्न किसिमका कार्यहरु गरिरहेको बताउँदै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको जनाइन् ।

आर्थिक एवं समाज कल्याण महासाखा प्रमुख तुल्सा अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी कार्य योजना बनेको जानकारी दिइन् ।

४५ दिने जेष्ठ नागरिक केयर गिभर तालिम र आधारभुत ब्युटिसियन तथा १ महिने तालिमहरु मन्टेस्वरी, एडभान्स फेसन डिजाईन र एडभान्स सिलाईकटाई तालिम सञ्चाल भएका थिए। यी ५ तालिममा १२५ जना सहभागी भएको उपमहानरले जनाएको छ । तालिममा सहभागीहरुलाई नगर प्रमुख पाण्डेय र उप प्रमुख अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : ०० बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै