२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

“रास्वपाको हस्ताक्षर अभियान नाटकीय मात्रै”



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरी चलाएको हस्ताक्षर अभियान नाटकीय भएको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका अध्यक्ष रवि लामिछानेको याचनापत्र अनुसार भइरहेको हस्ताक्षर अभियानलाई उनले नाटकीय भनेका हुन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै भैरहवा कारागारमा पुर्पक्षमा रहेका लामिछानको नाममा १५ पृष्ठको अपिल जारी गरिएको र याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी रहेको बताएका हुन् । तर, उनले लामिछानेको नाम भने लिएनन् ।

‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ, २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ। त्यसलाई मैले याचना पत्र भनेको छु। त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ किनभने सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन्। त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? प्रतिशोध भन्दै अहिले हस्ताक्षर भएको छ। त्यो खासमा राजनीति हो। राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो,’ उनले भने ।

‘सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन। अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ। यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु,’ उनको माग छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १९ बजे

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो

शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ