५ भदौ २०८३, शुक्रबार | August 21, 2026

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्राडा दीपक अर्याल नियुक्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।

उपकुलपति प्राडा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : २३ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट