६ माघ २०८२, मंगलबार | January 20, 2026

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने



काठमाडौँ । नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका कारण ठूलो क्षति हुन थालेकाले चीनसँगको सूचना सङ्कलन तथा विपद्बाट हुने क्षति न्यूनीकरणका सन्दर्भमा आवश्यक समन्वय बढाइने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै सूचना सङ्कलन र विपद् व्यवस्थापनसम्बन्धी कामका लागि समन्वय बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए । उनले भन्, “सम्भावित विपद्को सूचना र समन्वयलाई चीनसँग समन्वय बढाउने तथा विस्तृत अध्ययन गर्ने निर्णय भएको छ ।”

प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले रसुवा बाढीमा परेर मृत्यु भएका तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनःनिर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यसैगरी सडक पूर्वाधार, भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिए । व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने, विपद्का कारण पहिचान गर्न आवश्यक अध्ययनका लागि मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय भएको पनि उनले बताए ।

उनले बाढीको विस्तृत क्षति आँकलन गर्ने, मितेरी पुल निर्माणका लागि चीनलाई अनुरोध गर्ने, अरु पूर्वाधार मर्मत सञ्चालन सम्बन्धित मन्त्रालयमार्फत गर्ने पनि जानकारी दिए । उनले हिमतालबाट पानी निस्किएर उक्त घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिँदै उक्त समयमा सो क्षेत्रमा वर्षा नभएको पनि जानकारी दिए । विस्तृत अध्ययन पश्चात मात्र कारण यकिन गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : १५ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच