काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै बैठकबाट बाहिरिएका छन्
बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्न समय दिए । चौधरीले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखक, स्पेन भ्रमण प्रकरण र संघीय मामिला मन्त्री राजकुमार गुप्ता र भूमि मन्त्री बलाराम अधिकारी घुस लेनदेनमा मुछिएको विषयले आफुहरुको माग झन बढी सान्दर्भिक रहेको दाबी गरे ।
यस्तै राप्रपाका राजेन्द्र लिङ्देनले सुशासन आयोग कहाँ गयो भन्दै प्रश्न गरे । उनले प्रतिपक्षी दलहरुले यति लामो समयदेखि आन्दोलन गर्दैगर्दा सभामुखको प्रतिक्षमा पनि कालो धब्बा लाग्यो ।


















प्रतिक्रिया