१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उनले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए ।

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको बताए । हाल हिमालयन एयरलायन्समार्फत पोखरा-ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलायन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उनले उल्लेख गरे ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताए । उनले भने,“वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधार गरी निगमको बजार हिस्सा वृद्धि गर्न विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने वा रणनीतिक साझेदार भित्र्याएर संचालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पसहित सुझावहरू प्राप्त भएका छन् । उपलब्ध विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको आवश्यक सुधार गर्ने विषय मन्त्रालयको उच्च प्राथमिकतामा छ ।”

मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराए । सरकारले हालसम्म ४७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रवर्द्धनका काम धमाधम भइरहेको उनको भनाइ थियो । मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिए ।

बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ४४ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको