२९ मंसिर २०८२, सोमबार | December 15, 2025

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा



काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिएको पुष्टि गर्दै गुप्ताले आफूले पद त्याग गरिसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा गुप्तालाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लिएको तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँको लेनदेन प्रयास गरिएको भन्ने अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

यस घटनापछि सत्तारूढ नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले गुप्ताको तत्काल बर्खास्तीको माग गरेका थिए। त्यस्तै, एमालेकै सांसद किरण साहले सोमबार संसद बैठकमै मन्त्री गुप्तालाई तत्काल पदबाट हटाउनुपर्ने माग गरेका थिउ ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका गुप्ताले भने सो आवाज आफ्नो भए पनि त्यो पैसा आफुले नलिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ३५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती