५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…



काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविनकुमार श्रेष्ठले रु दुई लाख घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर(९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ ।

न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ८ : ३६ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११