२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नगरपालिकाले कांग्रेस एमालेलाई जग्गा दिएको भन्दै १२ दलको आपत्ति



कोहलपुर । कोहलपुर नगरपालिकाले कांग्रेस र एमालेको पार्टी कार्यालय निर्माण गर्न सार्वजनिक जग्गा उपलब्ध गराउन गरेको निर्णय प्रति कोहलपुरमा क्रियाशिल नेकपा माओवादी केन्द्रसहित १२ दलले बिरोध जनाएका छन् । नगरकार्यपालिकाको १६ औ नगरसभाबाट कांग्रेस र नेकपा (एमाले) लाई पार्टी कार्यालय सञ्चालनार्थ जग्गा उपलब्ध गराउने निर्णयको १२ दलले बिरोध जनाएका हुन् ।

नगरसभाको बैठकको निर्णय नं ३२ मा सत्तासिन दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पार्टी कार्यालय सञ्चालनार्थ शुशिल कोईराला स्मृती प्रतिष्ठानको नाममा रझैना ४ ख कि.न ९८ बाट ३ कट्ठा जमिन र मदन आश्रित स्मृती प्रतिष्ठानलाई चटार ३ क कि.न. ९०१ बाट २ कट्ठा १७ धुर सार्वजनिक जग्गा वितरण गर्ने प्रक्रिया अगाडि बढाए‌को भन्दै ती दलहरुले आपत्ति जनाएका हुन् ।

१२ दलका नेताहरुले एक बिज्ञप्ति प्रकाशित गर्दै लुम्बीनी प्रदेशको महत्वपूर्ण व्यापारिक केन्द्र कोहलपुर नगरपालिका भित्र विभिन्न सरकारी कार्यालयहरु मालपोत र नापी कार्यालयका लागी जग्गा अपुग भईरहेको तथा बढ्दो सहरीकरण संगै खुला मैदानका रुपमा जग्गा संरक्षण गर्ने मुख्य दायित्व बोकेको स्थानीय सरकारले अमुक दलको पार्टी कार्यालय स्थापनाका लागि प्रतिष्ठानका नाममा जग्गा बितरण गर्नु सार्वजनिक सम्पतीको दोहन भए‌को आरोप लगाएका छन् । ती दलहरुले विगत देखी सार्वजनिक सम्पती दोहन बिरुद्ध खबरदारी गर्दै आइरहेको दाबी गर्दै नगरपालिकाको निर्णय कदम कुनै पनि हालतमा स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत प्रष्ट पारेका छन् ।

विज्ञप्ति प्रकाशित गर्नेहरुमा माओवादी केन्द्रका नगर अध्यक्ष बल बहादुर खड्‌का (अबिरल), नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष सुरेश कुमार थारु, नेकपा विप्लवकी केन्द्रीय सदस्य कल्पना सी, नेपाल समाजवादी नयाँशक्तिका नगर अध्यक्ष बुद्ध सुनार, रास्वपाका नगर अध्यक्ष मेन प्रसाद देवकोटा, राजमोका नगर अध्यक्ष तिलक राज पौडेल, नेकमिपाका नगर अध्यक्ष शेर बहादुर शाही, राप्रपाका जिल्ला सदस्य भानुराज उपाध्याय, नेकपा बहुमतका नगर अध्यक्ष हिरा तिवारी (आमुल), नेपा एकीककृत समाजवादीकी नगर अध्यक्ष प्रेमिका शाही, जसपाका केन्द्रीय सदस्य राम कुमार यादव र क्रात्किारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बिक्रम भण्डारी रहेका छन् ।

जग्गा दिएको सम्बन्धमा खकरकुरासँग प्रतिक्रिया दिँदै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले देशमा परिवर्तन र गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान गरेका ब्यक्तित्वहरुका नामका प्रतिष्ठानका नाममा जग्गा उपलब्ध गराउने विषयलाई बिरोध गर्नुको अर्थ नरहेको बताए । आफुलाई गणतन्त्रबादी बताउने दलहरुले गणतन्त्र कै लागि ठुलो योगदान गरेका ब्यक्तित्वको स्मरणमा जग्गा उपलब्ध गराउँदा बिरोध गर्न नसुहाउने उनले बताए । उनले नगरपालिकाले जग्गा दिन नमिल्ने उल्लेख गर्दै उनले भोगाधिकारको सिफारिस वा भाडामा अस्थायीरुपमा दिन भने सकिने बताए । ‘ब्यवस्था बिरोधीले बिरोध गर्न सुहाएपनि गणतन्त्रबादीहरुले यस्तो बिरोध गर्न सुहाएन ।’ उनले भने ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : ४९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको