१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’



बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्। उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।

ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै भनेका छन्, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।

कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् । उनले लेखेका छन्, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सार्वजनिक सम्पत्ति पनि हुन्। समाजले दिएको सम्मान र राज्यले प्रदान गरेको मान्यताको मूल्य बुझ्दै कलाकारहरू सिर्जनामा निरन्तर लागिरहेका छन्।”

ढकालले कलालाई मन नपर्न सक्ने र त्यसबारे आलोचना स्वाभाविक हुने स्वीकार गर्दै भनेका छन्, “तर त्यो आलोचना सिर्जनासँग होस्, नकि कलाकारको व्यक्तिगत जीवनमाथि खनिएर।”

व्यक्तिगत जीवनमाथिको आक्रमण अपराध हो
ढकालका अनुसार प्रविधिको दोहन गर्दै केही व्यक्तिहरूले फेक आइडीमार्फत कलाकारहरूलाई बदनाम गर्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने काम गरिरहेका छन्। “त्यस्ता गतिविधिले कलाकारहरूको परिवार, मानसिक स्वास्थ्य र सिर्जनामा प्रत्यक्ष असर पारेको छ,” उनले लेखेका छन् ।

उनले आफूविरुद्ध बनाइएका केही फेक तथा रियल आइडीहरूको विवरण समेत सार्वजनिक गरेका छन्। तीमध्ये केही व्यक्तिहरू प्रहरीको हिरासतमा रहेको र केही अझै निगरानीमा रहेको जानकारी दिएका छन्।

समीक्षा र एलिनाको साहसको प्रशंसा
गायिका समीक्षा अधिकारी र एलिना चौहानले हालै यस्तै साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाएको विषयलाई समर्थन गर्दै ढकालले भनेका छन्, “तिनीहरूले देखाएको साहसलाई म सम्मान गर्न चाहन्छु। यस अभियानलाई म पनि गति दिन चाहन्छु।”

संयमित होऔं, मर्यादा नछोडौं
पोस्टको अन्त्यमा ढकालले सबैलाई संयमित हुन र सामाजिक मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्। “हामी पनि तपाईंहरू जस्तै सामाजिक प्राणी हौं। परिस्थितिले कहिले काहीँ भुल हुन्छ, तर त्यसलाई लिएर चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन,” उनले लेखेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा