२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

चितवनको सिमलतालमा मिनी ट्रक दुर्घटना



चितवन । चितवनको सिमलतालमा गएराति मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल नजिकबाट भारतीय मिनि ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । मङ्गलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनि आईचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय ट्रक चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन् ।

दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ५४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत