१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनको सिमलतालमा मिनी ट्रक दुर्घटना



चितवन । चितवनको सिमलतालमा गएराति मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल नजिकबाट भारतीय मिनि ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । मङ्गलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनि आईचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय ट्रक चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन् ।

दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ५४ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच