१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा क्यान्सर अस्पतालमा लाखौंको म्याद नाघेका औषधी भण्डारमा, सट्टाभर्ना नगरि स्टक आउट !



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा लाखौं मूल्यको म्याद नाघेको औषधी नष्ट गर्न थालिएको जनाइएको छ । अस्पतालले लामो समयदेखि खरीद गरेर म्याद गुजारेपछि पनि कम्पनीहरुसँग सट्टाभर्ना नगरिएका औषधी नष्ट गर्न थालिएको स्रोतको दाबी छ ।

अस्पतालले औषधी खरीद गर्दा गरिएको सम्झौतामा जिवन रक्षासँग सम्बन्धित आपतकालिन औषधी बाहेकका औषधीहरु बाहेकका औषधीहरु म्याद सकिएको अवस्थामा सट्टाभर्ना गर्ने सम्झौता गरिएपनि लाखौंको औषधी म्याद सकिँदा समेत अस्पताल प्रशासनले बेवास्ता गर्नुलाई रहस्यकारुपमा हेरिएको छ ।

कोभिड १९ भन्दा पहिले देखि कै औषधीहरु म्याद सकिँदा पनि फिर्ता वा सोध भर्ना नगरी भण्डारण गरेर राखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार ठुलो परिणामको म्याद गएका औषधी गुपचुपमै नष्ट गर्ने तयारी गरिएको छ । अस्पतालका तत्कालिन कार्यकारी निर्देशक प्रकाश प्रसादको कार्यकालमा करिव ३२ लाख बढीको म्याद नाघेको औषधीलाई स्टक आउट गर्ने निर्णय भएको स्रोतको दाबी छ । यस्ता औषधी जन्य औषधीहरुको स्टक आउट गर्दा बिभागिय प्रमुख, अस्पताल प्रशासन र फर्मेसी प्रमुखको समितिबाट निर्णय गर्ने व्यवस्था रहेको छ ।

औषधी खरिद गर्दा कम्पनीबाट कमिसन लिएको अवस्थामा बाहेक जिवन रक्षासँग जोडिएका आपातकालिन औषधी बाहेक अन्य औषधी म्याद नाघेको अवस्थामा सट्टाभर्ना गर्ने आम प्रचलन रहेको नाम नबताउने शर्तमा एक औषधी सप्लायर्सले बताए । अस्पताल संचालन भएदेखिकै औषधी खरिद भएका औषधीहरुमा म्याद नाघेका औषधी भेटिएको बताइएको छ । अस्पतालमा यसअघि सन्तोष खनाल, अशोक सिंह र दिनेश नेपालीले फार्मेसी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनीहरुकै कार्यकालमा खरिद गरिएका औषधीहरु म्याद नाघेपछि पनि सट्टाभर्ना समयमा नगर्दा अस्पताललाई लाखौंको नोक्सानी भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले म्याद नाघेको औषधी स्टकमा रहेको बताउँदै त्यसविषयमा छलफल जारी रहेको बताए । उनले आफुलाई पनि के कति परिमाणमा म्याद नाघेको औषधी छ भन्ने स्पष्ट जानकारी नभएको बताउँदै फार्मेसीबाट जानकारी लिन बाँकी रहेको स्पष्ट पारे । उनले औषधी सप्लायर्सहरुसँग औषधी सोधभर्नाका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउँदै नयाँ खरिद सम्झौतामा स्पष्ट म्याद नाघेका औषधीको सत्ता भर्ना गर्ने जिम्मेवारी औषधी सप्लायर्सको हुने गरि व्यवस्था गरिएको जानकारी दिए ।

धार्मिक महायज्ञगरि सन्त श्री दीनदयाल जी महाराजको संकल्पबाट निर्माण भएको तत्कालिन नेपाल क्यान्सर अस्पताल २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण भएपछि सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको नामबाट संघीय सरकारले संचालन गर्दै आएको छ । सरकारले हालै मात्र क्यान्सरका ३७ प्रकारको औषधीहरु यस अस्पतालबाट नि-शुल्क वितरण गर्नेगरी तोकेको छ भने स्वास्थ्य बीमाको पनि प्रवेश बिन्दुकारुपमा खजुरा क्यान्सर अस्पताललाई जिम्मेवारी दिएको छ । यद्देपी अस्पतालको स्वामित्व ग्रहण गरेको १० वर्ष सम्म अस्पताललाई सरकारले दरबन्दी सृजना गरि चिकित्सक र कर्मचारी उपलब्ध गराएको छैन । करार, अस्थायी र ज्यालादारी कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ११ : २४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा