२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

एमाले पोलिटब्युरो बैठक आज पनि, विधान संशोधनमाथि छलफल



काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज शनिबार पनि जारी रहने भएको छ।

हिजो शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजेदेखि बस्ने कार्यक्रम छ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव र सचिवालयको निर्णयमाथि पोलिटब्युरो सदस्यहरू आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्।

शुक्रबारको बैठकमा कर्ण थापा, काशीनाथ अधिकारी, शेरधन राई, लालबाबु पण्डित, राजन भट्टराई, किरण गुरूङ र खगराज अधिकारीले आफ्ना विचार राखेका थिए। बाँकी सदस्यहरूले आज धारणा राख्ने कार्यक्रम रहेको छ।

एमालेको पोलिटब्युरोमा हाल ९९ जना सदस्य छन्। सचिवालय र पोलिटब्युरो बैठकमा छलफलपछि संशोधन प्रस्ताव आगामी केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ।

पार्टीले आगामी भदौ २० देखि २२ गतेसम्म विधान अधिवेशन आयोजना गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : ३५ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन