२६ माघ २०८२, सोमबार | February 9, 2026

रोकिएन नेपालगन्जमा बालश्रमिक राख्ने चलन



नेपालगन्ज । नेपालन्ज उपमहानगरपालिकाले नेपालगन्ज – २ घरबारी टोल स्थित एक होटलले राखेको तीनजना बाल श्रमिकलाई यथासिघ्र परिवार मिलन गराई बालश्रम मुक्त गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज अनुगमनका क्रममा भेटिएका बाल श्रमिकहरुलाई उद्दा गरि परिवार मिलन गर्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित पक्रियामा आउन अनुरोध गरीएको नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताइन् ।

अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि ,वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले आज नेपालगन्जको धम्बोजी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बाल श्रमिक राखिएको पाइएको बालकल्याण अधिकारी पुरीले जानकारी दिइन् । जसमा १ जना भारतीय बालक रहेका छन ।

पुरीले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताइन् ।

अनुगमन टोलीले बालकको पारिवारीक पुर्नमिलन गरी विवरण ७ दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन,बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी पक्रियामा जाने ीथानीय होटल सचालकलाई चेतावनी दिइएको थियो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकामा बालश्रमिकहरु होटल,मिठाई पसल ,दोहोरीसाझ ,ग्यारेज ,सार्वजनिक यातायात ,रिक्सा चालकको रुपमा ,फर्निचर पसल र घरेलु कामदारको रुपमा प्रसस्त देखिने गरेको छ । रोजगारदाताहरुबाट बालश्रम निशेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको बिना रोकतोक नेपालगन्जमा बालश्रमिक राखिने गरेको टोलीले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ११ बजे

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी