२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोकिएन नेपालगन्जमा बालश्रमिक राख्ने चलन



नेपालगन्ज । नेपालन्ज उपमहानगरपालिकाले नेपालगन्ज – २ घरबारी टोल स्थित एक होटलले राखेको तीनजना बाल श्रमिकलाई यथासिघ्र परिवार मिलन गराई बालश्रम मुक्त गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज अनुगमनका क्रममा भेटिएका बाल श्रमिकहरुलाई उद्दा गरि परिवार मिलन गर्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित पक्रियामा आउन अनुरोध गरीएको नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताइन् ।

अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि ,वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले आज नेपालगन्जको धम्बोजी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बाल श्रमिक राखिएको पाइएको बालकल्याण अधिकारी पुरीले जानकारी दिइन् । जसमा १ जना भारतीय बालक रहेका छन ।

पुरीले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताइन् ।

अनुगमन टोलीले बालकको पारिवारीक पुर्नमिलन गरी विवरण ७ दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन,बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी पक्रियामा जाने ीथानीय होटल सचालकलाई चेतावनी दिइएको थियो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकामा बालश्रमिकहरु होटल,मिठाई पसल ,दोहोरीसाझ ,ग्यारेज ,सार्वजनिक यातायात ,रिक्सा चालकको रुपमा ,फर्निचर पसल र घरेलु कामदारको रुपमा प्रसस्त देखिने गरेको छ । रोजगारदाताहरुबाट बालश्रम निशेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको बिना रोकतोक नेपालगन्जमा बालश्रमिक राखिने गरेको टोलीले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ११ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी