२९ मंसिर २०८२, सोमबार | December 15, 2025

वर्षमानको दाबी : ओलीको प्रतिशोधको श्रृंखला आरजुमा गएर टुंगिन्छ



काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सुरू गरेको प्रतिशोधको यात्रा कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुग्ने दाबी गरेका छन्।

शनिबार राजधानीमा आयोजित माओवादी केन्द्र निकट गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले विभिन्न दलका नेताहरूमाथि निरन्तर बदला लिने नीति अख्तियार गरेको आरोप लगाएका हुन्।

“अब कांग्रेसमा हलचल देखियो भने ओलीले आरजु राणालाई मुद्दा लगाउने योजना बनाइरहनुभएको छ,” उनले भने, “आरजुको पालो आइसक्यो भनेर कांग्रेस नेतृत्वलाई धम्क्याइरहनुभएको छ।”

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद मुद्दामा मोहनबहादुर बस्नेतलाई मुछेर कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाबमा पार्ने कोसिस गरिरहेको आरोप पनि उनले लगाए।

आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम ओलीले गरिरहेको उनले दाबी गरे ।

पुनका अनुसार सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पार्टी विभाजन गराउने योजना ओलीको रहेको थियो। उनले यस्तै नियतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा चलाएर पार्टी एमालेमा गाभ्ने प्रयास भएको पनि विश्लेषण गरे ।

पुनले जसपा पार्टी विभाजन गरेर एक पक्षलाई आफ्नै पक्षमा ल्याउने रणनीति ओलीले बनाएको उल्लेख गर्दै उनले भने, “अरु पार्टीलाई कमजोर पार्न मुद्दा लगाउने, पार्टी टुक्र्याउने वा आफूमा मिसाउने ओलीको नीति देखिएको छ ।”

पुनले प्रचण्ड विरुद्ध सीआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर फसाउने रणनीति ओलीले एक वर्षअघि नै बनाएको दाबी गरे। “ती सबै प्रयासबाट केही निस्केन, त्यसपछि कुनै बेला प्रचण्डको पीए बसेका विकेश श्रेष्ठलाई जोडेर शेरा दरबारसम्म पुग्न खोजेको उनले जिकिर गरे ।

प्रचण्डले आफुमाथि शेरा दरबारबाट सुरु गरेर यती, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धु जस्ता मुद्दाहरूको निष्पक्ष छानबिनको माग संसदबाटै गरेपछि ओली मौन बसेको उनले बताए । ओलीको निरंकुश भ्रष्ट प्रवृत्तिविरुद्ध आफुहरुले संघर्ष गरिरहेको पुनले बताए ।

पुनले ओली नेतृत्वको सरकारको एक वर्ष बेथिति, भ्रष्टाचार र बिचौलियापोषणमै बितेको आरोप पनि लगाए।

 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ४७ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर