काठमाडौं। अविरल वर्षाका कारण अरनिको राजमार्गको जुरे खण्डमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
शनिबार रातिदेखि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिले गएको पहिरोकै माथिल्लो भागबाट लेदोसहितको नयाँ पहिरो खस्दा सडक सञ्चालनमा अवरोध पुगेको हो। अहिले सडक खुलाउन एक्स्काभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, महभीर क्षेत्रमा सडक भास्सिएको छ
सडक अवरुद्ध भएपछि ठूला सवारी साधन र कन्टेनरहरू बाटोमै अलपत्र परेका छन्। साथै, पहिरोले जुरे क्षेत्रमा विद्युत् पोल ढालिदिएको छ, जसले विद्युत् आपूर्ति समेत प्रभावित बनाएको छ।
सडक अवरुद्ध हुँदा जुरेबाट उत्तरमा पर्ने बाह्रबीसे , तातोपानी, त्रिपुरासुन्दरी लगायतका स्थानीयवासी प्रभावित भएका छन्। तातोपानी नाकाबाट आयात-निर्यातमा संलग्न कन्टेनरहरू समेत बीच बाटोमै रोकिएका छन्।


















प्रतिक्रिया