१५ माघ २०८२, बिहिबार | January 29, 2026

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनःसञ्चालनमा



सिन्धुली । पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका-३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनमा आएको छ । आज बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेको ढुङ्गा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएको गोलञ्जोर गाउँपालिका-३ का वडाध्यक्ष कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाले पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन उहाँले सबैलाई अनुरोध गरेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०६ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको