१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच च्यासलमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी बीच भेटबार्ता सुरू भएको छ। च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् ।

पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा ओली बाधक बनेको भन्ने चर्चाका बिचमा यो भेटघाट भएको हो । हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नविकरण नगरी पेन्डिङमा राख्ने निर्णय गरेको थियो ।

भोली देखी सुरू हुने केन्द्रिय समिति बैठक अगावै भण्डारी र ओली बिचको भेटबार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपुर्ण तरिकाले हेरिएको छ।

पुर्व राष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने निर्णय गरेपछि पहिलो पटक नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रवेश गरेकी हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता तय भए पछि उनी एमाले केन्द्रिय कार्यालयमा प्रवेश गरेकी हुन् । प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएपनि भण्डारीले च्यासलमा भेट्ने बताएपछि दुई नेताबीच केन्द्रीय कार्यालयमा भेट भएको हो ।

पुर्व राष्ट्रपतिको हैसियतमा पाउने सुरक्षाबाहेक अन्य सबै सेवा सुबिधा त्याग गरेर एमालेको भावी नेतृत्वका लागि गृह कार्य गरिरहेकी भण्डारीले पार्टी सदस्यता नविकरण गरेको दाबी गर्दै आएकी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : १८ बजे

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी