१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन



नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।

भन्सार महसुल आयाततर्फ रु १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ रु पाँच लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार र मूल्य अभिवृद्धिकर रु चार करोड ८३ लाख आठ हजार सङ्कलन भएको छ ।

यसैगरी अन्तःशुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु पाँच लाख १२ हजार, हरित कर रु ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) रु ११ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले