१५ माघ २०८२, बिहिबार | January 29, 2026

पद होइन, मलाई काम चाहिन्छ नत्र पार्टीमा धेरै दिन बस्दिन : बामदेव गौतम



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा हालैमात्र समाहित भै वरिष्ठ नेता बनेका बामदेव गौतमले आफूलाई काम नदिए सो पार्टीमा धेरै दिन नबस्ने बताएका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बोल्दै नेता गौतमले आफुलाई पदको लोभ नभएको स्पष्ट पार्दै पार्टीभित्र जिम्मेवारीसहितको भूमिका दिन आग्रह गरेका छन्। उनले पार्टीले काम गर्ने अवसर नदिएमा लामो समयसम्म पार्टीमा टिक्न नसक्ने चेतावनीसमेत दिएका छन्।

गौतमले आफू पदका लागि नभई कामका लागि पार्टीमा आएको बताए। “मलाई के पद दिने भनेर कुरा उठेको छ, तर म दोहोर्याएर भन्छु – मलाई पद चाहिएको छैन। मलाई काम देऊ। काम गर्नका लागि जुनसुकै पद सिर्जना गर्नुपर्छ, त्यो गरिदेऊ।” उनले कामविहीन पद आफूलाई नचाहिने स्पष्ट गर्दै भने, “काम नदिने हो भने म पार्टीमा टिक्दिन। म काम नगरी बस्न सक्दिन।”

गौतमले संविधानमा उल्लेख भएको समाजवादको निर्माणमार्फत नेपाललाई संसारकै विकसित समाज बनाउने दिशामा अघि बढ्नुपर्नेमा पनि जोड दिए। उनले कार्यदक्षता, विचारधारा र अभियानसहितको सक्रिय भूमिकाका लागि आफू तयार रहेको भन्दै पार्टीले त्यो अवसर दिनुपर्ने बताए।

वरिष्ठ नेता गौतमको यस्तो अभिव्यक्तिलाई पार्टीभित्र कार्य विभाजन र नेतृत्व शैलीप्रति संकेतपूर्ण असन्तुष्टि मानिएको छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५० बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा