२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने



सुर्खेत । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ ।

चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए। उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ ।

यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए। पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिने भएको छ । अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो ।

विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन् । उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ०० बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा