१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रौतहटमा करेन्ट लागेर एकै वर्षमा २७ जनाको मृत्यु



रौतहत, ९ साउन । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार गत साउनदेखि हिजोसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइसकेका छन्।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला कार्यालयद्वारा जारी विज्ञप्तिमा खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीका काम नगर्न, मर्मत कार्यको लागि प्रमाणित प्राविधिकको मात्र सहारा लिन र झुल्ने तार वा असुरक्षित तारको प्रयोग नगर्न आग्रह गरिएको छ।

बालबालिकालाई विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै साना बालबालिकाले सजिलै छुन सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न र घरभित्र तार नझुण्ड्याउने अभ्यास गर्न सुझाव दिइएको छ।

त्यस्तै, खेतमा सिँचाई गर्न सिँचाई मिटर प्रयोग गर्न, रातको समयमा बिजुलीको काम नगर्न र पोलबाट ‘हुकिङ’ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।

प्रहरीले सामान्य काम गर्दा समेत हल्का हुन सक्ने वा खुला लाग्ने स्थानमा तार वा स्वीच नराख्न अनुरोध गर्दै नागरिकको सुरक्षाका लागि जनचेतना आवश्यक भएको जनाएको छ।

सुरक्षा सम्बन्धी कुनै जानकारी वा समस्या परेमा प्रहरी कन्ट्रोल १०० वा ९८५५०४०९९९ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ५२ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त