१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँस उद्योगको प्रवर्द्धनको माग गर्दै खोटाङका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह



काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस र स्थानीय उत्पादनको प्रवर्द्धनको माग गर्दै सत्याग्रह सुरु गरेका छन् ।

आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा मेयस भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सत्याग्रहमा बसेका छन् ।

भट्टराईले स्थानीय स्रोत र सीपमा आधारित बाँसका उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा सरकार उदासीन बनेको गुनासो गरेका छन्।

उनका अनुसार यसअघि जेठ २३ र असार ६ गते प्रधानमन्त्रीलाई सात बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको थियो, तर अहिलेसम्म कुनै कार्यान्वयन नदेखिएकोले आफू सत्याग्रह गर्न बाध्य भएको हो।

उनी सत्याग्रहमा बस्नुअघि बाँस र त्यसबाट बनाइएका मान्द्रो, गुन्द्री, राडी, पराललगायतका सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले रोक लगाइदिए ।

मागहरू सम्बोधन नभए आगामी तीन दिनसम्म निरन्तर सत्याग्रह गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आमरण अनशनमा बस्ने चेतावनी उनले दिएका छन्।

उनी साउन ४ गते नै बाँस तथा परम्परागत सामग्रीसहित काठमाडौं पुगेका थिए।

खोटाङमा यसअघि फागुन महिनामा पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिएको थियो, जसको उद्देश्य बाँसजन्य उद्योग र हस्तकलाको प्रवर्द्धन गर्नु रहेको थियो।

 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा