१९ बैशाख २०८३, शनिबार | May 2, 2026

देश विगार्ने भनेकै कम्युनिष्ट हुन् : सहमहामन्त्री राठौर

‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन'



खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले पद, पैसा र पावर अस्थायी भएकाले यसका लागि आफुले नैतिकता नबेचेको बताएका छन् ।

नेपाल किसान महासंघ, खजुरा गाउँपालिका कार्यसमितिको आयोजनमा आईतबार ४३ औं विपी स्मृति दिवसका सन्दर्भमा भएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले यस्तो बताएका हुन् ।

४० वर्षे आफ्नो राजनीतिक यात्रामा झुटो नबोलेको, कसैलाई नठगेको जनाउँदै काँग्रेस महामन्त्री राठौरले भने –‘विपीले हामीलाई असल मान्छे बन्नु भनेर सिकाउनु भएकोछ । त्यसैले नैतिकता बेचेर गरिने सौदाबाजी ब्यक्ति, समाज र राष्ट्रका लागि घातक हुन्छ । मैले बेचेको छैन बेच्दिन पनि ।’
आफू ठिक भए सबै ठिक हुने बुझेको बताउँदै सहमहामन्त्री राठौरले अगाडी भने ‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन, बरु राजनीति छोडेर मानपुर९बर्दिया घर०मा आलु खेती गर्छ, जय नेपाल भन्छ ।’

पार्टीको विधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गर्न कसैलाई छुट नभएको स्मरण गराउँदै उनले भने–‘पछिल्लो समय पार्टीभित्र अन्तरद्वन्द्वका कारण एकले अर्कालाई स्वीकार्न सकेका छैनन्, एकले अर्कालाई सिध्याउन लागि परेकाछन् ।’ राठौरले अगाडी भने –‘पार्टीभित्र नेतासँग असहमती राख्न पाइन्छ तर, रुख र चारतारे झण्डासँग असहमती राख्न पाइदैन । जसले रुख र चारतारे झण्डासँग असहमती राख्छ उसले पार्टी छाडेर गए हुन्छ ।’

गलत कुराको विरोध गर्नु भनेर विपीले सिकाउनुभएको बताउँदै उनले नयाँ पीढीले विपी र उहाँले देखाउनुभएको बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

देशमा माओबादी द्वन्द्व नभएको भए अहिलेको भन्दा धेरै राम्रो व्यवस्था हुने काँग्रेस सहमहामन्त्री राठौरको दाबी छ । ‘देश विगार्ने भनेकै कम्युनिष्ट हुन् । हिजो वर्गीय कुरा गर्ने कम्युनिष्टहरु अहिले जात, धर्मका नाममा देशमा फुट र द्वन्द्व बढावा दिइरहेकाछन्’ उनले भने –‘देशको हरेक कठिन भन्दा कठिन समयमा नेपाली काँग्रेसले लिएको निर्णायक निर्णय र चालेको कदमले देश सुरक्षित, जनताले आफ्नो अधिकारको प्रत्याभुती गर्न पाएका छन् ।’

काँग्रेस कम्जोर भयो भने देश गृहयुद्धमा फेरि फस्न सक्ने भन्दै राठौरले काँग्रेस बलियो बनाउन लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले काँग्रेसकै कारण यो व्यवस्था टिक्ने र लोकतन्त्र सुरक्षित हुनेमा विश्वास दिलाए ।

उनले जातका आधारमा, धर्मका आधारमा, नाताका आधारमा, रक्सीमासु र पैसाका आधारमा भोट हाल्दा समस्या सिर्जना भएको पनि बताए । काँग्रेस बलियो बनाउन संगठन गर्न निर्देशन दिदैँ उनले जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या र मागलाई सम्बोधन गर्नतर्फ लाग्न निर्देशन दिए ।
आफू बाँकेबाट निर्वाचित भएपश्चात विकास निर्माणका थुप्रै काम गरेको बताउँदै कम्युनिष्टहरु मेरो कार्यको श्रेय लिन हानाथाम गरिरहेको बताए । उनले किसानका समस्या र चुनौतीलाई गम्भीररुपमा लिएको बताए ।

नेपाल किसान महासंघ, खजुरा गाउँपालिका कार्यसमितिका अध्यक्ष मनीवर क्षेत्रीको अध्यक्षतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा संविधान सभा सदस्य एव लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, प्रदेश सासंद मिना सिद्दीकी, नेपाली काँग्रेस बाँकेका पार्टी सचिव सुधान्सु कोइराला, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सभापती नक्की खाँ, किसान महासंघ क्षेत्र नम्बर–२ का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापा लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

खजुरा गाउँपालिका वडा नम्बर–४ डि गाउँ स्थित आर्दश आधारभूत विद्यालयमा आयोजना गरिएको बृहत बृक्षारोपणमा एक सय पचास बढी विभिन्न बोटविरुवाको बृक्षारोपण गरिएको नेपाल किसान संघ खजुरा गाउँपालिकाका सचिव वारिस खाँले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ४२ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन