२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ



काठमाडौँ । नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर ठिमि–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नक्कली सुन देखाइ प्रतितोला रु एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारी गत फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिई फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो धातु (एक केजी) एक थान बरामद गरिएको थियो । दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

यसैगरी काठमाडौँ महानगरपालिकाको कर्मचारी हुँ भन्दै रु १३ लाख २५ हजार असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ ।

लामाले काठमाडौँ महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारी हुँ भन्दै प्रत्यक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा निज महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म रु १३ लाख २५ हजार असुली गरेको र निजको साथबाट नगद रु छ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ५९ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल